
काठमाडौं, फिल्म ‘द्रौपदी’ को टिजर सार्वजनिक गरिएको छ। हाइलाइटस् नेपालको युट्युबबाट सार्वजनिक १ मिनेट ५७ सेकेन्डको टिजरमा कर्णालीको कथा देखाइएको छ। कर्णालीको हिमाली क्षेत्रको परिवेश, रहनसहन र नारी संवेदनामा मौलिक फिल्म बनेको टिजरले संकेत गर्छ।
यो फिल्म ऋषिराज आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा ‘नेपाल आइडल’ विजेता गायक रवि ओड, अश्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल र निर्देशक आचार्य स्वयंको अभिनय छ ।आरबी मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माता निर्देशक आचार्य स्वयं र प्रकाश ज्ञवाली हुन्। विष्णु ठडराई सह–निर्माता छन् । फिल्मका गीतमा रवि ओड र इन्द्रकला राईको आवाज छ।