Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं, भारतीय अभिनेत्री रश्मिका मन्दना ‘छावा’ मा महारानी बनेकी छन्। निर्माण टिमले उनको एक पोस्टर सार्वजनिक गरेका छन्। जसमा उनी आकर्षक लुक्समा देखिएकी छन्। फिल्ममा उनी महारानी येसुबाईको भूमिकामा देखिँदैछिन्।

पोस्टर सेयर गर्दै निर्माण टिमले लेखेका छन्, ‘हरेक शानदार राजाको पछाडि एक अद्वितीय शक्तिवाली रानी उभिएकी हुन्छिन्। स्वराज्यका गौरव महारानी येसुबाईको रूपमा रश्मिका मन्दनाको परिचय दिँदैछौं।’

लक्ष्मण उतेकर निर्देशित फिल्ममा विक्की कौशल र रश्मिका मन्दना मुख्य भूमिकामा देखिनेछन्। यो फिल्म १४ फ्रेबुअरीदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय