Monday 12 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक सहायता नीतिबारे सबै दलबीच छलफल गरेर एकै धारणा बनाउन जरूरी रहेको बताएका छन्।
वैदेशिक सहयोगको अर्थ राजनीतिबारे कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार केन्द्रीय कार्यालय सानेपामा गरेको गोष्ठीमा बोल्दै महामन्त्री थापाले सरकार बदलिइरहे पनि वैदेशिक सहायता नीति बदलिँदैन भन्ने अवस्था बनाउनुपर्नेमा जोड दिए।

‘वैदेशिक सहायता नीति सामान्यतया जो सरकारमा आए पनि एउटै हुन्छ है, यो कुरा बदलिँदैन, निरन्तरता हुन्छ। सरकार बदलिराख्छन्, दल आउँछन् जान्छन्। तर वैदेशिक सहायता नीतिका सन्दर्भमा बदलिँदैन किनकि यो नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएको छ, राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका दलहरूको एउटै धारणा छ भन्ने स्थिति हामीले बनाउन सक्यौं भने यसको राम्रो उपयोग गर्न सक्छौं, होइन भने जो सरकारमा जान्छ ऊ डराउँछ।’

वैदेशिक सहायता परिचालन गरेर विकास गर्दा त्यसबाट प्राप्त हुने राजनीतिक प्रतिफलभन्दा गुमाउने कुरा बढी छ भन्ने भयो भने वैदेशिक सहायता लिँदै नलिने अवस्थामा सरकार पुग्ने खतरा रहेको उनको भनाइ छ।‘वैदेशिक सहायता लिएन भने कसैले गाली गर्दैन, वैदेशिक सहायता परिचालनबारे छलफल गर्‍यो भने अनेकन आरोप(प्रत्यारोप खेप्नुभन्दा आनन्दले बसौं त्यो नै बहादुरी कहलिन्छ भन्ने अवस्था बन्न सक्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय