Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं, सौगात मल्ल र अनुपविक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म ‘जार’ को प्रदर्शन मिति घोषणा गरिएको छ। साहित्यकार ईन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित भनिएको यो फिल्म वैशाख २६ (मे ९) देखि प्रदर्शनमा आउने भएको छ।निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।

यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेका छन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ। यसै साता वितरण कम्पनिहरूसँग सम्झौतापछि निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। सार्वजनिक पोस्टरमा प्रमुख तीन पात्रलाई क्यारेक्टर लुक्समा देखाइएको छ। फिल्मको शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन्।’लायर्स डाइसु बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेका छन्।

नेटफ्लिक्स सिरिज ुसेक्रेड गेम्सु मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय