ललितपुरको झम्सिखेलस्थित द प्लाजा सम्पन्न भएको युनिभर्स सुपर स्टार प्रतियोगिता अन्तर्गत मिस, मिष्टर, मिस टिन र मिसेस् तर्फ विजेताहरु चयन गरिएका छन् । स्मार्ट गफ एपको आयोजनामा सम्पन्न सो प्रतियोगितामा मिष्टर युनिभर्स सुपर स्टारको उपाधि कपिल सर्राफले जितेका छन् भने मिसेस् युनिभर्स सुपरस्टारको उपाधि उमा श्रेष्ठले जितेकी छिन् । मिस टिन युनिभर्स सुपर स्टारको उपाधि संजिता श्रेष्ठले हात पार्दा मिस युनिभर्स सुपरस्टारको उपाधि सुमिना श्रेष्ठले जित्न सफल भएकी छिन् ।

रमेश जंग शाहीको कार्यक्रम निर्देशन, प्रमिला सिलवालको आयोजनामा सम्पन्न कार्यक्रमको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । कार्यक्रम रुथ तामाङ र संगीता पाख्रिनलाई अर्गनाइजर च्वाइस तथा करुणा स्याङ्तान, शर्मिला श्रेष्ठ र अमृता गिरीलाई पब्लिक च्वाइस अवार्डको विजेता चयन गरिएका थियो । कार्यक्रममा अभिनेत्री रेखा थापा, ग्ल्यामर फोटोग्राफर संजय रौनियार, अमेरिकाका उज्ज्वल रे, भारतका पायल प्रमाणिक लगायतका निर्णायक रहेका थिए । फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा सम्पन्न उक्त प्रतियोगितात्मक कार्यक्रममा सहभागिहरुले फेसन डिजाइनहरु समिक्षा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ र अनिता खातीले तयार पारेका पहिरनहरुमा प्रस्तुत भएका थिए । प्रतियोगिताका विजेताहरुले अमेरिकामा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने आयोजक पक्षले उल्लेख गरेको छ ।


