Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौँ, नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्ट र सुकेधारामा रहेको मर्क्युर होटलबीच सम्झौता भएको छ । ब्याचलर अफ होटल म्यानेजेमन्ट (बीएचएम) मा अध्ययनरत विद्यार्थीलाई इन्टर्नशीप,रोजगारका साथै हस्पिटालिटी सेवा र व्यवसाय व्यवस्थापनका क्षेत्रमा व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले शुभश्री र मर्क्युरबीच सम्झौता गरिएको कलेजकी प्रिन्सिपल मनिता ओली बस्नेतले बताइन् ।

गेष्ट लेक्चरर, विभिन्न वर्कशपअन्तर्गत होटल व्यवस्थापन, व्यवसाय सञ्चालनका साथै अन्य सम्बन्धित उद्योग विशेषज्ञहरुबाट तालिम प्रदान गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।मर्क्युरसँग एक वर्षका लागि मान्य हुने गरी सम्झौता गरी आवश्यकता अनुसार नविकरण गर्दै जाने कलेजको योजना छ ।

एबी होल्डिङमार्फत देशबन्धु बस्नेतको निर्माणमा पाँच तारे मर्क्युर होटल एक महिना अघिबाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय