Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, गिरीप्रसाद भुसालको निर्देशन र सम्पादन रहेको लोक दोहोरी गीत ‘बग्दै होला दरम खोला नि’ बजारमा सार्वजनिक भएको छ। दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीत भुसालको निर्देशन र सम्पादनले दृश्यात्मक रुपमा उत्कृष्ट बनाएको छ। गीतमा प्रेमीको वियोगमा आधी खोलासरी आँसु बगेको र बिछोडले दुखी बनेको भाव उल्लेख गरिएको छ। आफू दुखी भए नि धोका दिएर जाने मायाको भने राम्रै होस् भन्ने भाव दुबै तर्फ देखिन्छ।

गीतमा केटी र केटा९प्रेमीरप्रेमिका० दुबैले एकअर्कासँग प्रेम भएको तर बिछोडिएर बाच्न परेको देखाइएको छ। गीतमा प्रयोग भएको विम्बहरुले गीतमा झन सुन्दरता थपेको छ। बिछोडपछि बाँच्न निकै मुस्किल भएको कुरा पनि गीतमा उल्लेख गरिएको छ।शब्द, लय र दृश्य निकै राम्रो भएको भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ। उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो।

आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै समृद्ध बनाएको छ। गीतकार लक्ष्मण चापागाईको शब्द, संकल्प सुवेदीको लय, र गायिका तथा गायकको स्वर मिलेर बनेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ योगदान दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय