Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आईतबार चेल्सीले आफ्नो घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ ।

सिटीसँग चेल्सी ३–१ ले पराजित भएको हो । चेल्सीको  पछिल्लो ६ खेलमा यो चौथो हार हो ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो ।

१८औं मिनेटमा फिल फोडेनको पासमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।पहिलो हाफकै २१औं मिनेटमा केभिन डि ब्रुयनको पासमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा डि ब्रुयनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

३–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाउदै आक्रमणको प्रयास गरेपनि खेलमा फर्कन सम्भव भएन ।खेलको अन्तिम समयमा हुड्सन ओडि गरेको गोल चेल्सीको लागि सान्त्वना बन्यो ।

खराब समयबाट गुज्रिरहेको चेल्सीको लगातारको हारले शीर्ष चारको सम्भावना झिनो बन्दै गएको छ । चेल्सी १७ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा झरेको छ । सिटीको १५ खेलबाट २९ अङ्क छ ।

यस्तै लिगको अर्को खेलमा लेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि २–१ को जित निकालेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन र युरी टिलेमान्सले गोल गरे । न्यु क्यासलका एन्डी क्यारोलले एक गोल फर्काए ।

यो जितसँगै लेस्टर १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा १९ अंक जोडेर न्युक्यासल १५औं स्थानमा छ । शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर