हालै राजधानी शहरमा सफलतापूर्वक सम्पन्न भएको लिटिल मिस एण्ड मिष्टर युनिभर्स नेपाल २०२५ नामक प्रतियोगितामा सिया पुनले लिटिल मिस युनिभर्स नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् भने आयुष तिवारीले लिटिल मिष्टर युनिभर्स नेपाल २०२५ को उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सिक्कुम हाङ्मा सुब्बाले यङ मिस युनिभर्स नेपाल २०२५ को ताज पहिरिएकी छिन् ।

इभेन्टस् फोर युको ब्यानरमा विशाल गुरुङ आयोजक रहेको यस प्रतियोगिताका शीर्ष उपाधि विजेताहरुले आगामी अप्रिल २८ तारिख देखि मे ३ तारिख सम्म दुबई शहर संचालन हुने २०औं संस्करणको लिटिल मिस एण्ड मिष्टर युनिभर्स २०२५को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । संचारकर्मी एवं फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको लिटिल मिस एण्ड मिष्टर युनिभर्स नेपाल २०२५ को फाइनल प्रतियोगितामा उदय मगर र आरुषी श्रेष्ठ फस्ट रनर अप तथा रुस्तम रोक्का र रिव्या तण्डुकार सेकेन्ड रनर अपका रुपमा चयन गरिएका थिए । अन्य उपाधि तर्फ कारसाङ तामाङ र गृष्मा श्रेष्ठ फोटोजेनिक, आयुष तिवारी र स्मृति राना मगर ट्यालेन्ट, आयुष्मान श्रेष्ठ र शिया पुन पपुलारिटी, सुयोङ राई र सिक्कुम हाङ सुब्बा वेष्ट डे«स, रिवाज लामा आनिन लिम्बु पर्सनालिटी, आयर मानन्धर र आरुषी श्रेष्ठ मोस्ट इन्टेलेक्ट तथा उदय मगर र रिब्या तण्डुकार वाक विधा उत्कृष्ट ठहरिएका थिए ।


