Friday 21 March 2025 / शुक्रबार, ८ चैत्र २०८१

तानसेन (पाल्पा), जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय