Saturday 11 April 2026 / आईतवार, २९ चैत्र २०८२

काठमाडौं, बलिउड अभिनेता सलमान खानको फिल्म (सिकन्दर) इदको अवसर पारेर रिलिज हुँदैछ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले रिलिजअगावै १६५ करोड भारू कमाएको छ। यो फिल्मले ओटिटी रिलिज, स्याटलाइट र म्यूजिक राइट्सबाट १६५ करोड भारू कमाएको हो।

यो फिल्मको ओटिटी रिलिजको अधिकार नेटफ्लिक्सले ८५ करोड भारूमा लिएको छ। यदि फिल्मले बक्स अफिसमा ३५० करोड भारू कमायो भने ओटिटीको यो डिल १०० करोड भारू हुन सक्छ।

त्यस्तै स्याटलाइट राइट्सबाट ५० करोड भारू र जी म्यूजिक कम्पनीबाट ३० करोड भारू कमाएको छ। यो फिल्मको बजेट २०० करोड भारू बताइएको छ। फिल्मले भारतीय बक्स अफिसमा बम्पर कलेक्सन गर्ने अनुमान छ।एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। उनीहरूको केमेस्ट्रीलाई दर्शकले मनपराइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय