Friday 21 March 2025 / शुक्रबार, ८ चैत्र २०८१

काठमाण्डौं । जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारीले समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथामका लागि सूचना आदान(प्रदान महत्वपूर्ण रहेको बताउँनुभएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगंज र मालीगाउँद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । “अपराध नियन्त्रणमा सूचना आदानप्रदान महत्वपूर्ण छ, नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन हाम्रो अनुरोध पनि छ​” उहाले भन्नुभयो । साथै उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य अपराध नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै प्रहरी र समुदायको सहभागितामा मात्र समाजलाई सुरक्षित बनाउन सकिने धारणा समेत व्यक्त गर्नुभयो। अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिबद्ध रहेको पनि उहाँले जानकारी गराउनुभयो।

त्यसैगरि, कार्यक्रमका सभापति एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुहुँदै आसन्न होली पर्वलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै समुदाय र प्रहरीको आपसी समन्वयमा शान्ति सुरक्षालाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो।

त्यसैगरि, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कमल सिंह बमले सामुदायिक सेवाले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पुर्‍याउँदै आएको बताउनुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंले कर्मठ र क्षमतावान नेतृत्व पाएको उल्लेखसहित परिसर प्रमुख विश्व अधिकारीको कार्यकालमा अपराध नियन्त्रणमा अझ उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले सामुदायिक सेवा केन्द्र टुँडालदेवीको सक्रियताको प्रशंसा गर्दै प्रहरीप्रति समाजमा आउने विभिन्न गुनासाहरू सम्बोधन गर्न प्रारम्भिक अनुसन्धानलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो।

वडा सदस्य नवीन मैनालीले स्थानीय तहमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रहरी बृत मालीगाउँका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सुनिलजङ शाहले धन्यवाद ज्ञापन गर्नुहुँदै शान्ति सुरक्षा कायम गर्न समुदायको साथ महत्वपूर्ण हुने बताउनुभयो।

सो अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द र प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापालाई दोसल्ला ओडाई स्वागत सम्मान टक्राउनुभएको थियो ।

कार्यक्रममा पूर्व सचिव एवं पूर्व महालेखा परीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्व उपरथी शिवराम प्रधान, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक निरज शाहीसहित विभिन्न संघ संस्था, स्थानीय क्लब, टोल सुधार समिति, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, स्थानीय व्यक्तिहरू गरी करिब १६० जनाको उपस्थिति रहेको थियो।

काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 26;

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय