सृजना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रमहरु मध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शोको पछिल्लो संस्करण अन्तिम तयारीमा पुगेको छ । १९औं संस्करणको रुपमा प्रस्तुत गरिने जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अनुकल्पित प्रभानम्’ शीर्षकमा अनुभव गर्न पाइनेछ । आगामी चैत १५ गते शुक्रबार साँझ ललितपुरको झम्सिखेलस्थित द प्लाजामा यो फेसन कार्यक्रमको भव्य रुपमा प्रस्तुति रहनेछ । यस पटकको प्रस्तुति नेपाली मन र नेपाली पन झल्किने नेपाली मौलिकतामा आधारित सृजनाहरुको अभूतपूर्व प्रदर्शन रहनेछ । कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८८ रेगुलर वेयर वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरु प्रदर्शन गरिनेछन् । जसका लागि महिला पुरुष गरी ३६ जना मोडलहरु ¥याम्पमा उत्रनेछन् । फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १९ औं ब्याचका ८८ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा रहेको छ भने कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका छन् । कार्यक्रम संयोजनको जिम्मेवारी १९औं ब्याचका प्रिसा जोशी, अनिमा श्रेष्ठ, प्रियांशी खेतान, भरोसा गौतम, सेनिशा बलामी र निशान्त चापागाईले सम्हालेका छन् ।

यसनेपाली डटकम अफिसियल मिडिया रहेको यस कार्यक्रममा दिव्यकान्ता शीर्षकमा अनिशा समाल, आयुशी थापा, दृष्टि मल्ल, आकृति कुमारी शाह, आयुष ढकाल, जस्मिन श्रेष्ठ, पेमा वाईवा, करुणा चौधरी, पेरिना गुरुङ र एडेन सैंजुको समूहले तयार पारेको मायादेवीबाट प्रेरित पहिरनहरु प्रस्तुत हुनेछ । मिमांशा शीर्षकमा सुम्निमा लिम्बु, निर्मा थापा, कामना काफ्ले, सचिता गुरुङ, रोशनी अधिकारी, दिक्षा पाण्डे, आश्मा राजभण्डारी, सोइता रिजाल, ममता राना र प्रतिक्षा रानाले तयार पारेका काठमाडौं उपत्यकाका जात्राहरुबाट प्रेरित पहिरनहरु प्रस्तुत हुनेछन् । हिमालयन युफोनी शीर्षकमा दिपा तिमिल्सिना, रिया महर्जन, मोनिका कार्की, रुजिना महर्जन, प्रकृति भट्टराई, निशा खड्का, सपना डी.सी., पवित्रा भुशाल, दिव्या थनैत र स्मारिका बरालले तयार पारेका हिमाली जनजीवनबाट प्रेरित पहिरनहरु हेर्न पाइनेछ ।

फेसन प्रस्तुतिमा सम्सारा शीर्षकमा भरोसा गौतम, सविना चौधरी, विशाखा प्रसाईं, सिम्रना खाती, प्रेम कुमारी बुढाथोकी, रुपा गुरुङ, पुर्णिका गुरुङ, निशान्त चापागाईं र रिहा श्रेष्ठको समूहको प्रस्तुतिलाई जीवन चक्रबाट प्रेरित पहिरनमा देख्न पाइनेछ । यसैगरी सुजिता बास्तोला, एन्जोलिना राई, एकता क्षेत्री, गौमाया नेपाली, निर्मल लामा, प्रियंका थापा, रिनु गुरुङ, प्रियांशी खेतान, प्रार्थना गौतम र शिखा राईको समूहले तयार पारेका नेपाली वास्तुकला सम्पदाबाट प्रेरित पहिरनहरु प्रस्तुत हुनेछ । मोनिका श्रेष्ठ, रिया रोक्का, सरिना श्रेष्ठ, रोशन सुब्बा, सविना विश्वकर्मा, वर्षा थापा मगर, रिया लिम्बु, शिल्पा मातन्छे, महिमा चौधरी र स्मृति महर्जनको प्रस्तुति भने प्रारम्भन्तिका शीर्षकमा आदि शक्तिबाट प्रेरित पहिरनमा रहनेछ ।

सृदिप महर्जन, मोनिका विश्वकर्मा, प्रिशा जोशी, सरिना शाही, अनुज नगरकोटी, अनिमा श्रेष्ठ, स्नेहा ताम्रकार, साहिल लावती, अलाश्का कार्की र सुचित्रा तामाङले सृजना भने हिरेठ अफ विभ्स शीर्षकमा नेपाली हस्तकला र हस्तकला सीपबाट प्रेरित पहिरनहरु प्रस्तुत हुनेछन् । मिङ्मा तामाङ, सरु गिरी, रस्मिता शाक्य, ज्योति शाही, ललिता तामाङ, रुवी घले, अन्जना तामाङ, रश्मिी पुलामी मगर, शुभेच्छा सिंहको समूहले सुरम्य पहिरन शीर्षकमा बनारसी साडीबाट प्रेरित पहिरनहरु प्रस्तुत गर्नेछन् । प्रियंका बरुवाल, वर्षा मानन्धर, पुर्णिमा भित्रीकोटी, साइमन लिम्बु, सक्रिय राना मगर, सेनिशा बलामी, आयुषा गेलाल, अपेक्षा भिमराइता, संस्कृति उपाध्याय र रुस्मिता लामाको प्रस्तुति भने लस लेगेसी शीर्षकमा शाही भव्यताबाट प्रेरित पहिरनहरुमा समाहित हुनेछ ।


