काठमाडौं, वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १६ वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कूल प्रिन्सेज २०२५’ प्रतियोगिताको आज भएको पहिलो अडिसनमा ३० जना प्रतियोगी बालबालिकाहरुलाई छनौट गरीएको छ ।

प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपाल २०२५ की विजेता वर्षा खड्का ,व्यूटीसियन अस्मिता देवकोटा र कोरीयोग्राफर रोजीन शाक्य रहनु भएको थियो । साथै अन्तिम अडिसन चैत्र २३ गते गरिने आयोजक सँस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी गराएका छन् ।

उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ ।

बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि तुलाधरले जानकारी गराए ।

प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स,भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखाना, अपाङ्ग बाल आश्रम, नारायणहिटि दरवार संग्राहालय, छाउनी संग्राहालय ,पशुपति वृद्धा आश्रम साथै नेपाली फिल्म देखाउने लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ ।

आन्तरीक रुपमा विभिन्न खेलकुदका प्रतियोगीताहरु साथै विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु गरिने छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । जुनियर स्कूल प्रिन्सेस–२०२५ को चयन भने २०८२ साल बैसाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

सम्पर्क
सिजन मिडिया कमलादी,काठमाडौं ९८०१३४४८३५


