Tuesday 13 October 2026 / बुधबार, २८ आश्विन २०८३

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड माथी ब्यंग्य कसेका छन् ।

नेकपा कांग्रेस र नेकपा एमालेसहितको सरकारलाई प्रचण्डले ‘षडयन्त्र’ भने पछि रिमालले ब्यंग्य कसेका हुन् ।

‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँ (प्रचण्ड) कै विशेषता हो। हो नि, उहाँले २०७४ मा काँग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’,’ उनले लेखेका छन, ‘फेरि त्यो अवधिमा तीन–तीन पटक सत्ता सङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो—जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्। ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय