ललितपुरको च्यासलस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको विवाहित महिलाहरुमा केन्दि«त कार्यक्रम मिसेस् डिभा नेपाल २०२५ को उपाधि जित्न सफल भएकी छिन् काठमाडौं सिनामंगलकी संगीता अधिकारी । उनले प्रतियोगितामा मोस्ट कन्फिडेन्ट र पब्लिक च्वाइस भिडियो अवार्ड पनि प्राप्त गरेकी थिइन् । उनले मुख्य उपाधि ताज सहित लण्डनमा सम्पन्न हुने एनएफइए अवार्ड २०२६ इन्ट्री प्याकेज प्राप्त गरेकी छिन् । हिमालयन मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा संचालन भएको सो प्रतियोगितामा मोस्ट स्मार्ट अवार्ड सहित टिका राना मगर फस्ट रनर अप तथा वेष्ट पर्सनालिटी र मोस्ट पपुलर अवार्ड सहित सम्झना गौतम सेकेन्ड रनर अप चयन भएका थिए ।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी एवं निर्देशनमा सम्पन्न भएको सो कार्यक्रममा पवित्रा अर्याल मोस्ट डेडिकेटेड, माया तामाङ मोस्ट चार्मिङ, रिमा विश्वकर्मा वेष्ट ट्यालेन्ट, रमिला कुस्वार वेष्ट फोटोजेनिक, लक्ष्मी शाही शाक्य मोस्ट एक्टिभ, पार्वता पुन मोस्ट डिलिजेन्ट तथा रोजी ब्लोनले वेष्ट मल्टिमिडियाको अवार्ड प्राप्त गरेका थिए । सो प्रतियोगितात्मक कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता एवं मोडल, कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता एवं इभेन्टकर्मी सिद्यार्थ सिंह, मिसेस् ग्लोबल नेपाल २०२४ सुनिता भुजेल, क्यापिटल क्वीन नेपाल २०२४ रमिता भण्डारी तथा ब्युटिसियन नेपाल २०२५ सुष्मा दाहाल रहेका थिए ।


