राजधानी शहरको ठमेल स्थित जिएए हलमा आयोजना गरिएको पुरुष सौन्दर्य प्रतियोगिताका सन्दर्भमा नेपालकै जेठो मानिएको म्यानहन्ट इन्टरनेसनल नेपाल २०२५ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । १४औं संस्करणका रुपमा संचालन भएको यो प्रतियोगितामा स्वस्तिक ढकालले म्यानहन्ट इन्टरनेसनल नेपाल २०२५ को उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा श्रीजेश जोशीले मिष्टर इन्टरनेसनल नेपाल २०२५ र केलिशन बज्राचार्यले मिष्टर कस्मोपोलिटन नेपाल २०२५ को उपाधि जित्न सफल भए । मुख्य तीन उपाधि विजेताले आ आफ्नो उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा रुजित दुवाललाई फस्ट रनर्स अप तथा रिभन कुँवरलाई सेकेन्ड रनर्स अपका रुपमा चयन गरिएको थियो ।

अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनलका लागि नेपालको आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ र हाउस अफ फेसन नेपालको संयुक्त आयोजनामा संचालन भएको यो प्रतियोगितामा किरण जोशी डिसिप्लीन, जीवन विक ट्यालेन्ट र फ्रेन्डशीप, रुजित दुवाल फोटोजेनिक र पर्सनालिटी, तिलक जोशी पब्लिक च्वाइस, श्रीजेश जोशी सुपरमोडल तथा सफिक राज भूजु फिजिक विधामा उत्कृष्ट छनौट भएका थिए ।


