Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौँ, आगामी दसैँमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्टको आज (बुधबार) परेको जन्मदिनको अवसर पारेर टिजर ल्याइएको हो । प्रि–टिजरमा अभिनेता भट्ट दमदार एक्सन दृश्यसहित प्रस्तुत भएका छन् । जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ । ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म’ टिजरमा भनिएको छ ।

समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ । फिल्म सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्ममा समीरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय छ ।

‘आसुसेन फिल्म्स् प्रा।लिको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय