काराओके इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना हुँदै गरेको मिस नेवाः आइकन प्रतियोगिताको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । प्रतियोगिताका टप टेन फाइनलिष्टहरुले आ आफ्नो प्रतिभालाई विभिन्न माध्यमबाट प्रस्तुत गरेका थिए । कमलपोखरी स्थित सिटीसेन्टरको फूड कोर्टमा संचालन गरिएको सो प्रतिभा प्रदर्शन चरणमा सहभागिहरुले नृत्य, वाद्यवादन लगायतको प्रतिभा प्रस्तुत गरेका थिए ।

नेवार समुदायको मौलिक परंपरा, भाषा, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिकताको महत्व बारे जानकारी प्रदान गर्ने तथा सहभागिलाई सबल, सचेत र सशक्त बनाउने हेतुले आयोजना गरिन थालिएको मिस नेवाः आइकन प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका प्रमुख खगेश रंजितकारले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आउँदो वैशाख २८ गते ललितपुरस्थित च्यासलस्थित ज्यापु प्रज्ञा भवनमा संचालन हुनेछ । 
मिस नेवाः आइकनको ट्यालेन्ट राउन्डमा रन्जीतकार समाजका अध्यक्ष दिपक रन्जीतको प्रमखु आतित्यथता रहेकाृृे थियो भने फुट कोर्टका निर्देशक विवेक श्रेष्ठ, मिस नेवाः आइकन दिया श्रेष्ठ, मिस नेवाः वल्र्ड लरिशा शाही तथा मिस तामाङ अन्जु थोकर निर्णायकका रुपमा रहेका थिए ।



