Sunday 15 September 2024 / आईतवार, ३० भाद्र २०८१

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आइतबारको खेलमा मेइन्जमाथि ५–२ अन्तरको जित निकाल्दै शीर्षस्थानमा फर्किएको छ ।

२–० ले पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै बायर्नले खेलमा फराकिलो जित निकाल्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा ३२औं मिनेटमा मेइन्जका जोनाथनको गोलबाट पछि परेको थियो । ४४औं मिनेटमा एलेक्सान्डर ह्याकले गोल गरेपछि बायर्न पहिलो हाफमा २–० ले पछि परेको थियो ।

दोस्रो हाफमा बायर्नले उत्कृष्ट पूनरागमन गर्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । ५०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा योसुवा किम्मिखले गोल गर्दै बायर्नलाई खेलमा फर्कने संकेत दिए । ५६औं मिनेटमा किम्मिखको पासमा लिरोए सानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७०औं मिनेटमा निकलस सुलले गोल गर्दै बायर्नलाई खलमा ३–२ को अग्रता दिलाए । त्यसपछिको दुई गोल लेवान्डोस्कीको नाममा रह्यो ।

७६औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । ८३औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले व्यक्रिगत दोस्रो गोल गर्दै बायर्नलाई सानदार पूनरागमन जित दिलाए ।

बायर्नको १४ खेलबाट ३३ अंक बनाउदै बार्यन शीर्षस्थानमा फर्किएको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ३१ अंक छ । पराजित मेइन्ज ६ अंक जोडेर १७औं स्थानमा छ ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्डले वल्फ्सवर्गमाथि २–० को सहज जित निकालेको छ । डर्टमुन्डको जितमा म्यानुयल एकान्जी र जाडोन सान्चोले गोल गरे । जितसँगै डर्टमुन्ड २५ अंकसहित चौथो स्थानमा रहेको छ भने पराजित वल्फ्सवर्ग २६ अंक जोडेर छैटौ स्थनमा रहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय