Wednesday 14 October 2026 / बुधबार, २८ आश्विन २०८३

काठमाडौं, यही शुक्रबार (वैशाख २६) देखि देशभर प्रदर्शनमा आउन लागेका नेपाली फिल्म ‘ऊनको स्वीटरु र’ जारु को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। मल्टिप्लेक्स हलहरूले मंगलबार बेलुकै फिल्मको शो तय गर्दै बुकिङ खुलाएका हुन्। सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘ऊनको स्वीटरु लाई पहिलो दिनका लागि देशभरका हलमा गरेर ४८ शो दिएको छ। काठमाडौंभित्र मात्र क्युएफएक्समा फिल्मले २१ शो पाएको छ। त्यस्तै, क्युएफएक्सले ‘जारु लाई काठमाडौंमा १३ सहित देशभर गरेर जम्मा २४ शो दिएको छ।

आईएनआई सिनेमाजले ‘ऊनको स्वीटरु लाई १८ शो दिँदा ‘जारु लाई ८ शो दिएको छ। बिग मुभिजमा ‘ऊनको स्वीटरु ले ५ र ‘जारु ले २ शो पाएको छ। अन्य केही मल्टिप्लेक्समा पनि बुकिङ खुलेको छ भने केहीमा तयारी छ।नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटरु मा विपीन कार्की, मिरूना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ।

फूर्वा छिरिङ लामा निर्देशित फिल्म ुजारु मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय