Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौं, नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा बहराइनविरुद्ध ९ विकेटको सहज जित निकालेको छ। शनिबार थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो । नेपालले चार बाल बाँकी रहँदा १ विकेट गुमाएर पूरा गर्‍यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । जितसँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो ।नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले अविजित १३ र कप्तान इन्दु बर्माले अविजित सात रन बनाए।

त्यसअघि बहराइनका लागि अविजित रहेका दीपिका रसंगिकाले ३४ र थरङ गजनायकेले तीन रन बनाए । नेपालका लागि एकमात्र विकेट पूजा महतोले लिइन् ।अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय