Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

ललितपुरको च्यासलस्थित ज्यापु प्रज्ञा भवनको डबलीमा संचालन भएको मिस नेवाः आइकन ११४५ को फाइनल प्रतिस्पर्धामा रोजिका बज्राचार्यले शीर्ष उपाधि ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा उनले मिस पर्सनालिटी, वेष्ट वाक र वेष्ट डे«सको अवार्ड पनि प्राप्त गरेकी थिइन् । प्रतियोगितामा स्मार्ट र फिटनेसको अवार्ड सहित रत्निता शाक्य फस्ट रनर अप तथा मिस इन्टेलिजेन्टको अवार्ड सहित युनिशा मालाकार सेकेन्ड रनर अप उपाधि विजेताका रुपमा चयन भएका थिए ।

नेवार समुदायको मौलिकता, साँस्कृतिक समृद्धताको सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना गरिएको यस कार्यक्रमले नेवार समुदायका युवतीहरुको सबलीकरण र सशक्तिकरणमा पनि जोड दिएको छ । काराओके इन्टरटेन्मेन्टको ब्यानरमा खगेश रंजीतकार आयोजक रहेको यस प्रतियोगितामा रिजना श्रेष्ठ वेष्ट स्माइल र मिस पपुलर, तिया महर्जन मिस एक्युट, सिम्रन बलामी ब्युटी विथ पर्पस, मिना श्रेष्ठ मिस ट्यालेन्ट र वेष्ट हेयर, रिद्धीमा महर्जन फ्रेन्डशीप र फोटोजेनिक, सुहाना देउला वेष्ट स्कीन तथा स्मृति शाही वेष्ट नेपाल भाषा र डिसिप्लीन विधामा उत्कृष्ट चयन गरिएका थिए ।

नेवाः आइडल विजेता आश्रय रंजीतको गायन प्रस्तुतिले संगीतमय बनेको सो प्रतियोगितामा ललितपुरका पूर्व कुमारी समेत रहिसकेकी मिस नेसनल विजेता समिता बज्राचार्य, मिस तामाङ आयोजक रंजीता लामा, नृत्य निर्देशकद्वय भुवन दास श्रेष्ठ र प्रदीप रमन सिंह डंगोल, मेकअप आर्टिष्ट सनिता श्रेष्ठ, क्यास्ट्रोल ओयलका सिएमओ अमर ज्योति रंजीत तथा अंग्रेजी विषयका शिक्षक एवं गायक सजेश मानन्धर निर्णायकका रुपमा रहेका थिए ।

संस्कृतिविद् एवं इतिहासका ज्ञाता सिद्धी बहादुर रंजीतकारको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितात्मक कार्यक्रमको संचालन एवं कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय