काठमाडाैं, गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ। शिवाकोटीको सांगीतिक कोशेली ‘के लाई हतार’ गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु बिसीको सामूहिक स्वर रहेको लोकलयको गीतमा गोविन्दकै संगीत छ।
निरेन श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्द रहेकमा छन भने सन्देश थापा, सञ्चिता बोलखी, प्रेमराज लामिछाने लगायतको अभिनय गरेका छन् ।
एचबीएन किस्मतको एरेन्ज, सुरज भुसालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् ।


