Saturday 29 August 2026 / शनिबार, १३ भाद्र २०८३

आइसिसी महिला टी– 2० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ मा युएईले नेपाललाई एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन लक्ष्य दिएको हो।

युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए। नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए।

यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय