Thursday 9 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, अभिनेत्री वर्षा राउत फिल्म ‘महाराजधिराज’ मा अनुबन्ध भएकी छन्। यो फिल्ममा यसअघि आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा शिवाकोटीलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन् ।

हालसम्मको कलाकारहरूको लाइनअप हेर्दा फिल्ममा स्टारकास्टको भिड लाग्ने देखिएको छ। जयकिशन बस्नेतले पनि फिल्म साइन गरिसकेका छन्।’महाराजधिराजु परिच्छेद सेनले निर्देशन गर्दैछन् । लेखन पनि उनी स्वयंको रहनेछ। यसअघि पोस्टर सार्वजनिक गरिएको यो फिल्म फूलपातिमा प्रदर्शन हुनेछ।

परिच्छेद सेनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्जु ले राम्रो प्रतिक्रिया पाएको थियो। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराजु का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। फिल्म निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय