Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

एजेन्सी – पोर्चुगिज सुपरस्टार रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले आईतबार भएको इटालियन सिरी ए मा सानदार जित हात पारेको छ ।

युभेन्टसले आफ्नो घरेलु मैदानमा भएको खेलमा उडिनेसमाथि ४–१ को फराकिलो जित हात पारेको हो । युभेन्टसका जितमा थप दुई गोल फेडरिको चिइसा र पाउलो डिबालाको नाममा रह्यो । उडिनेसका मार्भिनले एक गोल फर्काए ।

एलिएन्ज स्टेडियय टोरिनोमा ३१औं मिनेटमा रोनाल्डोले आराने राम्सेको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए ।

खेलको ७०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाइए सहज जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा मार्भिन जिगेलारले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । तर खेलको अन्तिम समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई ४–१ को सानदार जित दिलाए ।

जीतसँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ भने उडिनेस १५ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय