Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

एसईइ परिक्षार्थीहरुमा केन्दि«त मोडलिङ प्रतियोगिता एस अफ एसईइ अन फायर सफलता पूर्वक सम्पन्न भएको छ । दोस्रो संस्करणका रुपमा प्रस्तुत गरिएको यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा सुदर्शन चन्द र ज्यास्मिन सिंह ठकुरीले मुख्य उपाधि जित्त सफल भएका छन् । विजेताले भिएस निकेतन सेकेन्डरी स्कूलबाट प्लस टू लेवलमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् भने एभरेष्ट फिल्म एकेडेमीबाट एक लाख बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् । यसका साथै विजेताहरुले जनही नगद पुरस्कार रु पच्चीस हजार पनि प्राप्त गरेका छन् । कार्यक्रमका विजेता भए संगै ज्यास्मिन मिस टिन इन्टरनेसनल नेपाल २०२५का रुपमा पनि घोषित भएकी छिन् र मिस टिन इन्टरनेसनल २०२५ मा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मंचमा सहभागिता जनाउने अवसर पनि जुराएकी छिन् ।

प्रतियोगितामा कुशल जंग पाण्डे र सृष्टि श्रेष्ठले फस्ट रनर अप तथा दिव्यम महर्जन र मुम्सा जबेगुले सेकेन्ड रनर अप स्थान हासिल गरेका छन् । फस्ट रनर अपहरुले जनही नगद पुरस्कार रु पन्ध्र हजार तथा सेकेन्ड रनर अपहरुले जनही नगद पुरस्कार रु दश हजार प्राप्त गरेका छन् । दश युवा र १८ युवतीको सहभागिता रहेको सो प्रतियोगितात्मक कार्यक्रममा भिएस निकेतन सेकेन्डरी स्कूलका सिनियर भाइस प्रिन्सिपल बन्दना लामाको प्रमुख आतिथ्यता रहेको सो प्रतियोतिगात्मक कार्यक्रमको निर्देशन पबिन्द« श्रेष्ठले गरेका हुन् भने कार्यक्रमको व्यवस्थापकीय अविभारा सुनिल पुडासैनीले निर्वाह गरेका हुन् । कार्यक्रम लभिन अन्सारीको कोरियोग्राफी अन्तर्गत संचालन भएको थियो ।

जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रममा मिस सुप्रानेसनल नेपाल २०२४ विजेता सजिना खनाल, मिस सुप्रानेसनल नेपाल २०२२ डा. केशु खड्का, फेसन डिजाइनर सोनम सुब्बा लिम्बु, अभिनेता एवं कोरियोग्राफर रोहन श्रेष्ठ, मिष्टर ग्लोबल नेपाल २०२४ योगेश श्रेष्ठ तथा मिस टिन अर्थ नेपाल २०२५ प्रिन्सेस् मल्ल निर्णायक रुपमा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय