Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

नेपालका युवायुवतीहरू रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन्। यो अन्तर्राष्ट्रिय प्रतियोगिता भियतनामको बिन दिन प्रान्तको क्वी नन शहरमा २०२५ जुन ६ देखि जुन १६ सम्म सञ्चालन हुने छ, जसको फाइनल कार्यक्रम जुन १४ मा तय गरिएको छ। १८ वर्षीया प्रशंसा बुढाथोकी मिस् विधामा प्रतिस्पर्धा गर्नेछिन् भने ३० वर्षीय रोहित श्रेष्ठ मिस्टर विधामा सहभागी हुनेछन्। उनीहरू जुन ७ तारिखमा नेपालबाट भियतनाम प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

चाबहिल, काठमाडौं निवासी प्रशंसा हाल कक्षा १२ मा अध्ययनरत छिन्। नृत्य र खेलकुदमा रुचि राख्ने उनी ५ फिट ३ इन्च अग्ली छिन् र भविष्यमा सुपरमोडल बन्ने सपना बोकेकी छन्। यो उनको दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो। यसअघि उनले २०२४ मा थाइल्याण्डको बैंककमा आयोजित हेरिटेज पेजेन्ट्स मा प्रतिस्पर्धा गर्दै हेरिटेज जेम्स युनिभर्स २०२५ को उपाधि जितेकी थिइन्। त्यसभन्दा अघि उनी स्मार्ट गफ इभेन्ट्स द्वारा आयोजित मोडल सुपरस्टार २०२४ मा महिला विजेता घोषित भएकी थिइन्।

थिमी, भक्तपुर निवासी रोहित कक्षा १२ उत्तीर्ण युवा हुन्। अभिनय, गायन र खेलकुदमा रुचि राख्ने उनी ५ फिट ८ इन्च अग्ला छन् र भविष्यमा सफल अभिनेता तथा गायक बन्ने चाहना राख्छन्। उनले यसअघि स्मार्ट गफ द्वारा आयोजित युनाइटेड नेशन्स पेजेन्ट नेपाल २०२५ मा पब्लिक चोइस अवार्ड जितेका थिए। पछिल्लो सफलताहरू र कडा तयारीसहित, रोहित र प्रशंसा दुबै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न तत्पर छन्।
प्रतियोगितामा सहभागी हुन उनीहरूलाई नेपालकी राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र स्मार्ट गफका कार्यक्रम निर्देशक रमेशजङ्ग शाही ले साथ दिनेछन्। स्मार्ट गफ मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५ को नेपालका लागि आधिकारिक फ्रेन्चाइज होल्डर हो। प्रतियोगितामा सहभागी हुनु अघि रोहित र प्रशंसाले मिडिया पर्सन र अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य बाट ओरिएन्टेशन र प्रशिक्षण प्राप्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय