Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । पूर्वेली मारुनी भाकामा तयार गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । गीतको सङ्गीत तथा शब्द प्रशान्त शिवाकोटीले नै तयार गरेका हुन् ।

भोजपुरमा छायाङ्कन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङको नृत्य देख्न सकिन्छ । फिल्मका निर्देशक अर्जुन सुवेदी हुन् ।

गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । करिब ७÷८ वर्षपछि नेपाली फिल्ममा मारुनी गीत समावेश भएको निर्देशक सुवेदीले बताए । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ । फिल्ममा प्रकाश र परीक्षाको अलवा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ । प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय