स्कूल अध्ययनरत बालबालिकाहरुमा केन्दि«त प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा लक्षित प्रतिायोगिता मिष्टर एण्ड मिस जुनियर एण्ड सिनियर आइडलको दोस्रो संस्करण सफतापूर्वक सम्पन्न भएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न सो प्रतियोगितामा मिष्टर जुनियर विधामा प्रभाव राई विजयी भए भने मिस जुनियरको उपाधि कृषा हुमागाईले उचालिन् । मिस सिनियरको ताज भने स्वीकृति पुनले पहिरिन सफल भइन् ।
मिस्टर जुनियर तर्फ मयंक राना फस्ट रनर अप छानिए भने विश्वविजय राना मगर सेकेन्ड रनर अप घोषित भए ।

मिस जुनियर तर्फ भने रिद्दिमा श्रेष्ठ फस्ट रनर अप तथा नभिरा अधिकारी सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । मिस सिनियरतर्फ एञ्जेल सिवाकोटी फस्ट रनर अप तथा श्रीया श्रेष्ठ सेकेन्ड रनर अप छनौट भएका थिए । प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितात्मक कार्यक्रममा । वरिष्ठ चलचित्रकमी किरण के.सी. मुख्य निर्णायकको भूमिकाका थिए । स्पार्कल इन्टरटेन्मेन्टका लागि नितु श्रेष्ठ आयोजक रहेको सो प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन्


