Thursday 9 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौँ, खेम सेन्चुरी र दीपिका बायम्बु मगरको स्वर रहेको गीत ‘बोली बारेनी’ सार्वजनिक गरिएको छ । माया, प्रेम, बिछोडको कथा गीतले बोकेको छ ।
गीतमा एक प्रेमीको गुनासो मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जहाँ ऊ प्रेमिकासँग अलग्गिएको पीडामा छ । गीतका शब्द शिव पौडेलले लेखेका हुन् भने सङ्गीत ऋषि खड्का र सङ्गीत संयोजन विनोद बाजुरालीको छ।

गीतको भिडियोमा विनोद भण्डारी, जुना गुरुङ, र नकुल शाही ठकुरीको अभिनय देख्न सकिन्छ। तिहारको परिवेशमा छायाङ्कन गरिएको भिडियोमा यथार्थ चित्रणको प्रयास गरिएको छ। भिडियो निर्देशन विनोद भण्डारीले गरेका छन् भने छायाङ्कन दिनेश पराजुली र सम्पादन अमृत चापागाईँले गरेका हुन्। भिडियो निर्माण पत्रकार कृष्ण पहाडीले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय