Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं, सनिशा भट्टराईले पहिलो म्युजिक भिडिओबाटै लोभलाग्दो चर्चा कमाइन् । दुई वर्षअघि सार्वजनिक ‘ए होर माया’ बाट उदाएकी उनले यसपछि दर्जनौं भिडिओमा मोडलिङ गरिन्।

‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ गरी दुईवटा फिल्ममा समेत अभिनय गरिन्। यतिबेला सनिशा हिट गीत ‘ए होर माया’ शृंङखलामा फर्किएकी छन्।

हालसालै युट्युबमा ‘ए होर माया ५’ का रूपमा ‘किन होर मायाु सार्वजनिक गरिएको छ। जसको भिडिओमा ‘ए होर माया’कै जोडी विमल अधिकारी र सनिशा फिचर्ड छन्। गीतमा स्वर हिमाल सागर र अन्नु चौधरीको छ। ‘ए होर माया’ हिट भएसँगै यसको शृंखलाले निरन्तरता पाइरहेको छ। यद्यपि, यसका अघिका तीन शृंङखलामा सनिशा देखिएकी थिइनन्। पाँचौं शृंङखलाबाट उनी फर्किएकी हुन्।

‘ए होर माया’ का सबै शृंङखलामा शब्द तथा संगीत विमल अधिकारीको छ। भिडिओमा पनि उनी स्वयं छन्। गायक हिमाल सागर पनि यो शृंङखलाका गीतमा छुटेका छैनन्। भावना म्युजिक सोलुसनले प्रस्तुत गरेको ‘ए होर माया’ शृंङखलाका अघिल्ला ‘आहा माया’, ‘यही त होनी माया’, ‘भन न भन माया’गीत पनि रूचाइएका छन्।’किन होर माया’ ले पनि यतिबेला स्रोतारदर्शकको माया पाइरहेको छ। यो गीतको भिडिओ विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन, राजेश घिमिरेको छायांकनमा बनेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय