काठमाडौँ, स्वस्तिश्री गुरुकुल आई.वी. वल्र्ड स्कलद्धारा आयोजित विद्यालय तहमा उद्यमशीलता” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र सङकायका डिन प्रा.डा.बालचन्द्र लुइटेलले उद्यमशीलता विकासको लागि पाठ्यक्रम तयार गरी लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। । साथै विद्यालय तहमा यसरी उद्यमशीलता उद्यमशीलता विषयमा यस्तो कार्यक्रम विद्यालय तहको इतिहासमा सम्भवत पहिलो भएको कुरा व्यक्त गर्दै विद्यालयले यस्तो प्रभावकारी कार्यक्रम गरेकोमा विद्यालयप्रति खशी र धन्यबाद व्यक्त गर्नुभयो ।

उक्त छलफल अन्तर्गत नै ‘युवा उद्यमीहरू: दृष्टिकोण देखि उद्यमसम्म’ विद्यालयमा भएको प्यानल छलफलमा प्रमुख अतिथि तथा फाइनलिस्टको रूपमा द पावर स्कुल,म्याड्रिड स्पनका प्रमख विद्यालय विभाग एन्टोनी कर्नडेट (टोनी) ले यवा अवस्था मै उद्यमशीलताको अवधारणा दिनुपर्ने विचार व्यक्त गर्दै विद्यार्थीहरूलाई भविष्यमा उद्यमी बनाउन अहिलेबाट नै चनौतीको सामना सामना गर्न सिकाउन विद्यालयलाई सुझाव दिँदै विद्यार्थीहरूलाई आफ्नो रुचिको क्षेत्रमा अहिलेबाट नै खोज, अनुसन्धान गर्दै अहिलेबाट नै तयार भएर अगाडी बढन आग्रह गर्नुभयो ।

त्यसैगरी स्वस्तिश्री गुरुकुल आई.वी.वल्र्ड विद्यालयकी प्रिन्सिपल नेहा के.सी.ले विद्यालय तहमा नै उद्यमशीलतासम्वन्धी विभिन्न क्रियाकलापहरूमा बालबालिकाहरूलाई संलग्न गराउनुपर्ने अवधारणा व्यक्त गर्नुभयो । स्वस्तिश्री गुरुकुलआई.वी. वल्र्ड विद्यालयले यस प्रकारका क्रियाकलापमा विगत देखीनै बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी गराउँदै चनौतीको सामना सिकाउँदै अगाडि बढेको जानकारी गराउनु भयो । कारखानाका प्रमख कार्यकारी कार्यकारी निर्देशक पवित्र बहादुर गौतमले विद्यालयदेखि नै जिज्ञासु, उत्सुक, निडर र चनौतीको सामना गर्न तत्पर रहन आग्रह गनभयो । प्यानल छलफलको सहजकर्ताको रूपमा स्टार्टअप एण्ड इनोभेटिभ फोरम, एफ.एन.सी.सी आईका अध्यक्ष जुना माथेले आफुमा २४ वर्षकै उमेरमा उद्यमशीलतामा लगाव रहेको र वर्तमान अवस्थासम्म आउन सफल रहेको बताउर्दै कुरा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा स्वस्तिश्री गुरुकुल आई.वी. वल्र्ड विद्यालयका ३ समहका विद्यार्थीहरूले आ–आफ्ना स्टार्टअप आइडिया प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रूपमा औद्योगिक व्यवसायविकास प्रतिष्ठानका कार्यकारी निर्देशकले विद्यालय स्तरमा भएको कार्यक्रमको प्रशंसा गर्दै प्रतिष्ठानले विद्यालयका बालबालिकाबाट आउने राम्रा स्टार्टअप आइडियालाई प्रतिष्ठानले सहयोग गने वाचनवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा विद्यालयकी कार्ययकारी निर्देशक मीना महर्जनले प्रमुख अतिथि , विशेष अतिथि साथै अन्य अतिथिहरुलाई स– धन्यवाद मायाको चिनो प्रदान गर्नुभएको थियो । समग्र कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी अधिश विनोद पोखरेल र कक्षा ९ की विद्यार्थी सुफी बढाथोकीले गर्नु भएको थियो । उक्त कार्यक्रममा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरू, अभिभावक एवम सम्र्पूण शिक्षक-कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।
धन्यवाद
समाचार स्रोत स्वस्तिश्री गुरुकुल आई.वी. वल्र्ड स्कुल


