Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

९० जना किशोरी र ३० जना किशोर प्रतिस्पर्धीहरुको सहभागितामा एसईइ परिक्षार्थीहरुमा केन्दि«त वृहत् सौन्दर्य प्रतियोगिता एन प्लस प्रोफेसनल मिष्टर एण्ड मिस एसईइ सुपर मोडल २०२५ को फाइनल प्रतिस्पर्धा सफलतापूर्वक सम्पन्न भएको छ । ८ घण्टा भन्दा लामो प्रतिस्पर्धात्मक यात्रा पछि प्रतियोगितामा श्याम झा र दिव्या थापाले मिष्टर एण्ड मिस एसईइ सुपर मोडल २०२५ को मुख्य उपाधि जित्न सफल भए । जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा निर्वाण प्रसाद कर्माचार्य र समृद्धि सिलवाल फस्ट रनर्स अप, स्पर्श तण्डुकार र भेनस राई सेकेन्ड रनर्स अप, क्षिरिङ लामा र प्रनिशा खड्का थर्ड रनर्स अप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनर्स अप तथा प्रतिज्ञा चौधरी फिफ्थ रनर्स अपका रुपमा छनौट भएका थिए ।

एभरेष्ट इभेन्टस्का लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको यस प्रतियोगितामा अभिभ मल्ल र आरियाना खड्का फेश अफ एसईइ सुपरका रुपमा पुरस्कृत गरिएका थिए भने कुशल तामाङ र रोज शाक्य प्रतियोगिताका लागि ब्राण्ड एम्बेसडर घोषित भएका थिए । प्रतियोगितामा रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठलाई अर्गनाइजर च्वाइसको विजेता छानिएको थियो भने यस परिना श्रेष्ठले पब्लिक च्वाइस, कृञ्जल क्षेत्रीले भ्युअर्स च्वाइस तथा प्रनिशा शाह ब्युटी विथ ब्रेन अवार्डमा उत्कृष्ट ठहरिएका थिए । प्रतियोगिताका सहभागिहरुले आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका विद्यार्थी डिजाइनरहरुले तयार पारेको आकर्षक डिजाइनको डिजाइनर पहिरनमा आ आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिलाई कार्यक्रमका कोरियोग्राफरद्वय आर्शु महर्जन र सुगन्धा अधिकारीले निर्देशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय