Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

हालै इन्डोनेशियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस कल्चर इन्टनेसनल तथा मिष्टर एण्ड मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालका सहभागिता जनाएका सहभागिहरुले महत्वपूर्ण सफलता आर्जन गरेका छन् । उक्त प्रतियोगितामा टिन विधामा सहभागिता जनाएका विवेक कुमार दनुवारले मिष्टर टिन कल्चर इन्टरनेसनल २०२५ मा सेकेन्ड रनर अप उपाधि जित्न सफल भएका छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मञ्चमा दनुवार समुदायबाट सम्भवतः पहिलो पटक उभिएका विवेक यस अघि स्मार्ट गफ एपबाट आयोजना भएको युनाईटेड नेसन्स प्याजेन्ट नेपाल २०२५ डिसिप्लीन र वेष्ट पर्फमेन्स अवार्ड विजेता हुन् ।

यसैगरी मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालबाट सहभागिता जनाएकी दिपशिखा लामाले थर्ड रनर अप स्थान हासिल गर्न सफल भएका छन् । यस अघि दिपशिखाले युनाईटेड नेसन्स प्याजेन्ट नेपाल २०२५ मा मिस युनाईटेड नेसन्स नेपाल २०२५ ताज पहिरिएकी थिइन् । मिस कल्चर इन्टरनेसनल नेपाल २०२५ मा नेपालबाट सहभागि भएकी रुथ पाख्रिन तामाङले सोसियल इन्फ्लेन्सरको अवार्ड प्राप्त गरेकी छिन् । स्मार्ट गफ एपकै आयोजनामा सम्पन्न युनिभर्स सुपरस्टार २०२५ मा रुथले अर्गनाइजर च्वाइसको अवार्ड जितेकी थिइन् ।

अन्तर्राष्ट्रिय सौन्दर्यमा सहभागिता जनाउन पूर्व विवेक, दिपशिखा र रुथले संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता र प्रस्तुतिसम्बन्धी अभिमूखीकरण तथा प्रशिक्षण प्राप्त गरेका थिए । प्रतियोगिताका लागि नेपाली सहभागिहरुका साथ नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर प्रमिला सिलवाल तथा इभेन्ट डाइरेक्टर रमेश शाही पनि इन्डोनेसिया पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय