सौन्दर्य प्रतियोगिता, फेसन तथा साँगीतिक एवं सामाजिक कार्यक्रमहरुको आयोजना संचालनमा सक्रिय रहँदै आएको काराओके इन्टरटेमेन्टले विश्व संगीत दिवस अर्थात् जून २१ तारिखलाई सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको छ । काराओके इन्टरटेन्मेन्टका लागि खगेश रंजीत आयोजक रहेको सो साँगीतिक कार्यक्रमलाई आयोजक खगेश रंजीत स्वयंले संचालन गरेका थिए ।

कार्यक्रममा लोकप्रिय गायकद्वय जुजुकाजी रन्जित तथा सर्जु रन्जित एवं नेवाः आइडल विजेता आश्रय रन्जितले विभिन्न सुमधुर गीतहरु सुनाएका थिए ।

रेक्स फेसन होमका प्रमुख रेक्स रंजीतकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ समाजसेवी महामन्जेश्वरी रंजीतकारको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमा नृत्य निर्देशक समाजका केन्दि«य अध्यक्ष भुवन दास श्रेष्ठ, कराँते खेलका वरिष्ठ प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री महेश रंजीत, कराँते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री सन्जय रंजीत, आयोजक संस्था सल्लाहकार साधना रंजीतकार, ईन्द«जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्य, होस्टेल व्यवसायी संघ नेपालका अध्यक्ष सुनिल भेटवाल, मिस नेसनल विजेता एवं पूर्व कुमारी समिता बज्राचार्य, मिस नेवाः आइकन ११४५ विजेता रोजिका बज्राचार्य, उप विजेताहरु रत्निता शाक्य र युनिशा मालाकार, सोही प्रतियोगिताका मिस ट्यालेन्ट मिना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।


