Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

इभेन्ट आयोजना र व्यवस्थापनलाई थप उँचाई दिई यसलाई विस्तारित गर्ने उद्देश्य सहित नेपालको इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि. तथा बेलायतस्थित न्यु होराइजन क्रिएसन लिमिटेडबीच सहकार्य गरी अगाडि बढ्ने कुरामा समझदारी भएको छ । इभेन्ट बेटर ग्यालेक्सीका सिईओ धीरज तण्डुकार तथा न्यु होराइन क्रिएसनको संस्थापक तथा क्रिएटिभ डारेक्टर आकाश सुनुवारवीच सो विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । व्यवसायिक प्रयोजनका लागि केही समय अगाडि लण्डन पुगेका इभेन्ट बेटर ग्यालेक्सी र न्यु होराइजन क्रिएसनका आकाश वीच उक्त समभदारी भएको हो ।

समझदारी अनुसार इभेन्ट बेटर ग्यालेक्सी र न्यु होराइजन क्रिएसनले आगामी दिनमा बेलायतमा विशेषतः नेपाली समुदाय लक्षित विभिन्न कार्यक्रम संयुक्त रुपमा प्रस्तुत गर्नेछन् । फुड फेस्टिभल, म्युजिक फेस्टिभल, बेलायतमा नेपाली चलचित्रहरुको विशेष प्रदर्शनीको आयोजना, बालबालिकाहरु लक्षित व्यक्तित्व विकास, नेतृत्व विकास, संचार कलाको विकास, प्रतिभा प्रदर्शनी लगायतको कार्यक्रमहरुको आयोजना, नेपाली सेलिब्रेटीहरु सितको मिट एण्ड ग्रिट कार्यक्रमका साथै बेलायत स्थित नेपाली समुदाय लक्षित साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गर्ने योजना बनाएको छ ।

ईभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि., नेपालमा सौन्दर्य प्रतियोगिता, फेसन तथा सांगीतिक कार्यक्रमको आयोजना, विभिन्न कर्पोरेट, फिल्म फेस्टिभल, फुड फेस्टिभल, वेडिङ एवं मनोरञ्जनात्मक कार्यक्रमहरुको व्यवस्थापनमा विगत लामो समय देखि सक्रिय रही इभेन्ट आयोजना र व्यवस्थापनमा सफलता र चर्चा कमाएको सस्था हो । न्यु होराइजन क्रिएशन लिमिटेड बेलायतस्थित मिडिया तथा ईभेन्ट प्रोडक्सन कम्पनी हो, जसले व्यवसायिक मिडिया तथा सिर्जनात्मक सेवाहरु प्रदान गर्दछ । यसको कार्य क्षेत्रको दायरा फोटोग्राफी र भिडियो निर्माण, ग्राफिक डिजाइन, भिज्युअल ब्रान्डिङ, वेब डेभलपमेन्ट, व्यवसायिक ब्रान्डिङ, मार्केटिङ तथा सामुदायिक सहभागिताका कार्यक्रमहरु समावेश छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय