Wednesday 14 October 2026 / बुधबार, २८ आश्विन २०८३

काठमाडौं, फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ। केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको फिल्मको टिजर सोमबार रिलिज गरिएको हो। झन्डै २ मिनेटको टिजरभर केदार हाबी छन्। यसमा उनी ‘माग्ने राजा’ को भूमिकामा छन्।

कुनै फाँटमा घोडामा चढेर आइरहेका उनले गाउँलेलाई पैसा बाँडेको दृश्यबाट टिजर सुरू हुन्छ। रमाइलो खालको यो टिजरमार्फत फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन खोजिएको छ। टिजरमा केदारसहित विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाङ्देललगायत कलाकारहरू देखिएका छन्। ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मको निर्मातामा मधुसुदन शर्मा छन्।

‘माग्ने राजा’ हरितालिका तीजको अवसर पारेर भदौं ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय