Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेञ्ज र अडियो मिक्सिङमा विष्णु मानन्धर तथा मनोज परियारको छ । रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गर्नुभएको हो । भिडियो निर्देशन केशवराज भट्टले गर्नुभएको छ भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको छ ।
नेपाल र अमेरिका दुवै देशमा छायांकन गरिएको गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ । सुशीला बस्नेतले यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गर्नुभएको छ ।
ZlI?si=fKCDFoxS9UJlBlam” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-wri

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय