Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

काठमाडौँ, काठमाडौँको बसुन्धरामा अवस्थित साउथवेस्टन स्टेट कलेजले स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत प्रथम वर्षका विद्यार्थीहरूका लागि एक कार्यक्रमका साथ स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा विद्यार्थीहरूको प्रतिभालाई देखाउन विशेष कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रमको सभापति साउथवेस्ट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले गर्नुभएको थियो ।

विद्यार्थीमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउन साथै विद्यार्थीलाई रचनात्मक, सिर्जनात्मक, व्यावसायी सोचको विकास गराउनका लागि अवका दिनमा फरक किसिमको कार्यक्रमको आवश्यकता रहेको डाक्टर केसीले बताउनुभयो ।

आजको सन्दर्भमा जागिर खाने शिक्षा होइन जागिर खुवाउने शिक्षाको आवश्यकता छ । व्यवस्थापन संकाय अध्ययन गरेका विद्यार्थीहरूमा व्यावसायिक सोचको विकास हुनु आवश्यक छ । जबसम्म व्यावसायिक सोचको विकास हुन सक्दैन तबसम्म देशले आर्थिक समृद्धिको फड्को मार्न सक्दैन यसर्थ पनि विद्यार्थीहरूलाई कक्षाकोठाको पाठ्यपुस्तकमा सीमित भएर शैक्षिक गतिविधि सञ्चालन गरेर उनीहरूमा व्यवस्थापकीय सोचको विकास गराउन सकिँदैन तसर्थ शिक्षकले आफूलाई पाठ्यक्रममा केन्द्रित गराएर होइन विद्यार्थीलाई उद्यमशीलताको सोच र कुशल व्यवस्थापक बन्न सक्ने नागरिक निर्माणमा जुट्नुपर्दछ ।

युवाहरुले स्वदेशमा मात्र सीमित नरही विश्व अर्थतन्त्रलाई नजिकबाट नियालिरहेका छन् । विश्व वजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास आफूमा गर्न चाहिरहेका छन् । उनीहरूको क्षमता अभिबृद्धिका लागि एउटा नविन वातावरणको निर्माण गर्नु आवश्यक हुन्छ । कार्यक्रममा क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले विद्यार्थीहरूले निर्माण गरेका कुनै पनि व्यावसायिक सोच साथै व्यावसायिक कार्यमा कलेजले निश्चित प्रतिशत लगानी गरी विद्यार्थीहरूमा उद्यमशिलताको सोचाइको विकास गराउने साथै प्रोत्साहित गराउने सोच राखेको कुरामाथि प्रकाश पार्नुभयो ।

उक्त कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक टिकाराम महरा, कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछाने अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक सरिता शाक्य प्रधान र एकेडेमी हेड रवि चापागाईंले कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनका लागि प्रेरित गर्नेका साथैै विदाई भएर जाने विद्यार्थीहरुका लागि देशको एक सक्षम सब उत्कृष्ट नागरिक बन्नका लागि शुभकामना प्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय