Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं, यापर मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन्। ‘कथा आज सुनाउँदैछु’ शीर्षकको र्‍यापमा विद्यमान नेपाली समाजको चित्रण छ। जुनसुकै ‘तन्त्रु र ‘वादु आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको कुरा यसमा चित्रण गरिएको छ। गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको कुरा र्‍यापमा सुन्न सकिन्छ।

राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले चित्रण गरेको छ। यसमा शब्द र र्‍याप प्रस्तुति मनोज ओलीको छ। भिडिओमा मुुकुन भुुसाल, लक्ष्मी जोशीलगायत कलाकारहरूको अभिनय छ। गीतबारे र्‍यापर मनोज ओलीले भनेका छन्– ‘यो देशको परिस्थितिका कारण विदेशिन बाध्य बनेका आम नेपाली युवारयुवतीहरूको आवाज हो। उनीहरुको संघर्ष र पीडाभित्रको चित्कार हो, जो जीवनका सामान्य आधारभुत सपना पूरा गर्न समेत विदेशिन बाध्य छन्।’

भिडिओ निर्देशन निकेश खड्काले गरेका हुन्। दिनेश पराजुलीको डिओपी रहेको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय