Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं, दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको सहकार्य रहेको गीत ‘जाने भए जाम माया’ले युट्युबमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। यसले रिलिजको २४ घण्टामा सबभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ। गीतले रिलिजको १९ घण्टामै यसअघि विष्णु माझीका नाममा रहेको रेकर्ड तोडेको थियो।

यो रिलिजको २४ घण्टाभित्र अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत बनेको छ। रिलिजको तीन दिनको छोटो समयमै गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको छ। यसअघि यति छोटो समयमै कुनै नेपाली गीत ग्लोबल ट्रेन्डिङमा परेका थिएनन्।

शनिबार गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा १० औं स्थानमा थियो भने आइतबार ३४ नम्बरमा छ।भिडिओलाई आइतबार बिहानसम्म युट्युबमा ४५ लाखभन्दा बढीपटक हेरिएको छ। नेपालमा गीत युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ पहिलो नम्बरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय