Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं, नेपाल – लोकप्रिय गायीका संगम लामिछानेको प्रस्तुति “सुन्तली जोवन छल्कियो“ शीर्षकमा नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा संगम लामिछाने र सन्दीप सेन्चुरीको सशक्त स्वर सुन्न सकिन्छ ।

गीतका शब्द र संगीत सन्दीप सेन्चुरीले तयार पारेका हुन् भने संगीत संयोजन एचबिएन किस्मतले गरेका छन् । यस गीतको अडियो तथा भिडियो संगम लामिछानेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको यो म्युजिक भिडियोमा ओबी रायमाझी र सञ्चिता बोलाखेले प्रमुख अभिनय गरेका छन् । नवराज उप्रेतीको कोरियोग्राफी तथा छायांकन रहेको भिडियोमा सम्पादन मनोज कार्कीले गरेका छन्।

नयाँ पुस्ताका कलाकार तथा प्राविधिकहरूको सहकार्यमा तयार भएको यो गीतले नेपाली लोकशैलीमा आधुनिक स्वाद थपेको छ। संगीतप्रेमीहरुले गीतलाई मन पराउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय