Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

अमेरिका, अमेरिकाको पूर्वी लस एन्जलसको प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा तीन अधिकारीको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार ७:३० बजे बिस्काइलुज सेन्टर एकेडेमी ट्रेनिङ सेन्टरमा भएको विस्फोटमा तीन अधिकारीको मृत्यु भएको बिबिसीले जनाएको छ।

एकेडेमी लस एञ्जलस काउन्टी शेरिफ विभाग (एलएएसडी) को स्पेशल इनफोर्समेन्ट ब्युरो र अर्सन एक्स्प्लोसिभ्स डिटेल (बम स्क्वाड) को मुख्यालय हो।उनीहरू तीनै जना विभागका अनुभवी सदस्यहरू थिए। उनीहरू मध्ये एक जनाले ३३ वर्ष, अर्कोले २५ वर्ष, र तेस्रोले १९ वर्ष सेवा गरेको काउन्टी शेरिफ लुनाले बताएका छन्।

सिबिएसको रिपोर्टअनुसार विस्फोट भएको अघिल्लो दिन बिहीबार सान्ता मोनिकाको एउटा ग्यारेजमा कम्तिमा एक ग्रिनेड फेला परेको थियो। उक्त ग्रिनेडलाई सुरक्षित रूपमा निष्क्रिय गर्न शुक्रबार बम स्क्वाडले तालिम केन्द्रमा ल्याइएको थियो।

उक्त ग्रिनेड निष्कृय गर्ने क्रममा पार्किङ लट विस्फोट भएको बताइएको छ। घटनामा अरू घाइते भएका छैनन्। मृतक अधिकारीहरूको नाम प्रहरीले खुलाइसकेको छैन।घटनास्थल वरपरको क्षेत्रलाई खाली गराइएको छ र हाल सुरक्षाकर्मीहरूले सिल गरि अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय