Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

एस.के. इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा विगत तीन वर्ष देखि निरन्तर आयोजना हुँदै आएका गुरुङ समुदायका विवाहित तथा अविवाहित महिलाहरुमा केन्दि«त साँस्कृतिक एवं जातिय सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस् गुरुङ २०२५ को औपचारिक शुभारम्भ भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सांसद मन कुमारी गुरुङ, वरिष्ठ अभिनेता सरोज खनाल, पहिलो नेपाल आइडल विजेता बुद्ध लामा लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा चौथौं संस्करणका रुपमा संचालन हुन लागेको यस प्रतियोगिताको उद्देश्य, स्वरुप र प्रशिक्षणका बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो। गुरुङ जातिको भाषा भेषभुषा कला संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्नुका साथै गुरुङ समुदायका विवाहित तथा अविवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी क्षमताको विकास, आन्तरिक प्रतिभाको प्रस्फुटनको अभिप्राय सहित विगत केही वर्ष मिस एण्ड मिसेस् गुरुङ प्रतियोगिता आयोजना हुँदै आएको कुराबारे अवगत गराइएको थियो । साँस्कृतिक परिवेश, जातिय पहिचान, मौलिकताको महत्व र आवश्यकतालाई ध्यानमा राखी विशेषतः जनजाति महिलाहरुको सबलीकरण र सशक्तीकरणको सन्दर्भ यस खालका प्रतियोगिताले प्रत्यक्ष रुपमा सकरात्मक र प्रभावकारी भूमिका खेलेको कुराको अनुभव आयोजक संस्थाका अध्यक्ष शान्ता कुमारी तामाङले व्यक्त गरेकी थिइन् ।

यसै सन्दर्भमा यस खालको प्रतियोगितालाई अझ सबैको पहुँचमा लैजान र धेरै भन्दा धेरै महिला दिदी बहिनीहरु यसबाट लाभान्वित होस् भन्ने उद्देश्यले यस पटक चौथौं संस्करणमा मिस एण्ड मिसेस् गुरुङ प्रतियोगिता निःशुल्क संचालन गर्न लागिएको कुरालाई कार्यक्रम प्रकाश पारिएको थियो । सहभागिले आवेदन फाराम, प्रशिक्षण शुल्क, सहभागिताको शुल्क लगायत कुनै पनि शुल्क तिनु नपर्ने व्यवस्था गरिएको छ । कार्यक्रमलाई व्यवसायिक नभई पूर्ण रुपमा सामाजिक उत्तरदायित्वको दायरामा संचालन गर्ने हेतुले सहभागिलाई कुनै पनि किसिमको शुल्कको प्रावधान नराखिएको हो । यो व्यवस्थाले सहभागि हुन चाहने मिस वा मिसेस्ले आर्थिक कारणले नै सहभागि हुन नसक्ने वा हुन नपाउने बाध्यता रहँदैन र जो कोहीले आफूलाई यस कार्यक्रममा सहभागि बनाउन सक्नेछ । सहभागिले लगानी गर्नुपर्ने प्रशिक्षणका लागि समय र मिहनेतमा भने शत्प्रतिशत् प्रतिबद्धता जनाउनुपर्नेछ । यस प्रतियोगिताको तयारी लागि स्टेज प्रस्तुतिकरण सम्बन्धी विभिन्न प्रशिक्षण, फोटोसेसन, ट्यालेन्ट शो, सेलिब्रेटी तथा सामाजिक अभियन्ताहरुसितको साक्षात्कार, गुरुङ समुदायसंग सम्बन्धीत कला संस्कृतिबारे विज्ञबाट तालिम लगायत अन्य पक्षहरु समावेश गरिनेछ । कार्यक्रम सम्बन्धी तयारीका सम्पूर्ण प्रशिक्षणका कक्षाहरु सामाखुशी स्थित यही विशाल फुटसलमा संचालन हुनेछ । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रहने यस कार्यक्रमको फाइनल प्रतिस्पर्धा आउँदो भदौ ८ गते प्रदशर्नी मार्ग स्थित अत्याधुनिक सुविधा सम्पन्न नेपाल पुलिस क्लबको द ब्लु पेभेलियनमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय