Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । सभापति देउवा नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर कोभिड—१९ को नियन्त्रणका लागि १५ बुँदे कार्ययोजनासहितको ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेसले कोरोनाको हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल खोपको सुनिश्चितता गर्न, कूटनीतक पहल तीव्र पार्न र खोप आपूर्ति बिचौलियारहित तथा पारदर्शी ढंगबाट गर्न माग गरेको छ ।


कोरोनाको पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको भनिएको अनियमितता, भ्रष्टाचार तथा अहिले खोप आपूर्तिमा देखिएको भनिएको कमिशनतन्त्रको सम्बन्धित निकायबाट स्वतन्त्र रुपमा छानबिन गर्नुपर्ने कांग्रेसको माग छ । त्यस्तै हाल देखिएको अक्सिजन अभाव हटाउन कन्सेन्ट्रेटर, प्लान्ट र सिलिण्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउनुपर्ने कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय