Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

काठमाडौं, रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि संगै उनीहरुको सामाजिक दायारलाई अझ विस्तार गर्ने हेतु मिष्टर एण्ड मिस रौनियार २०२१ को आयोजना हुँदैछ । एमी इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुन लागेको मिष्टर एण्ड मिस रौनियार २०२१ प्रतियोगिताको दोस्रो श्रृङ्खलाको हो । गत वर्ष आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०२० को उपाधि जितेका थिए । प्रतियोगिता एमी इन्टरटेन्मेन्टको ब्यानरमा एमी रौनियार आयोजक र एनी रौनियार व्यवस्थापक रहने मिष्टर एण्ड मिस रौनियार २०२१ को अडिसन तीन चरणमा संचालन हुने जनाइएको छ । जस अनुसार आउँदो जनवरी १६ अर्थात् माघ ३ गते जनकपुर, जनवरी २३ अर्थात् माघ १० गते वीरगञ्ज तथा जनवरी ३० अर्थात् माघ १७ गते काठमाडौंमा संचालन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय