Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको छ ।सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा विनिता खनालको शब्द भने संगीत संयोजन तारा प्रकाश लिम्बूले गरेका छन् ।

गीतमा मेलिना राई र अनु चौधरीले स्वर दिएका छन् । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन् ।शान थापाको निर्देशन रहेको भिडियोमा राजिव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय