Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

काठमाडौं, इस्लिङ्टन कलेजले ‘एएए’ छात्रवृत्ति समारोह २०२५ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। प्रगिकता, उपस्थिति/हजिरी र आचरणलाई एकै सुत्रमा बाध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत हाम्रा विद्यार्थीरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजको भनाइ छ।

यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतिपूर्ण साबित भयो। अन्त्यमा लगभग ७ करोड रूपैयाँ पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा २६१ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए। यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवार जन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय